Advertisement
SKIP THIS
लमजुङ भुकम्प अपडेट: पाँचवटा घर भत्किए

लमजुङ:बुधबार बिहान लमजुङमा गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो ।

‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ डीआईजी अर्यालले भने, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया