Advertisement
SKIP THIS
नेपाल सुपर लिग ,उपाधिका लागि भिड्दै काठमाडौं र धनगढी

काठमाडौं:पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज ९शनिबार० प्रतिस्पर्धा हुँदैछ । आज हुने फाइनल खेलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ ५ः३० बजे सुरु हुनेछ । पहिलो संस्करणको उपाधि दुबै टोलीका लागि महत्त्वपूर्ण हुनेछ । त्यसका लागि दुबै टोली सकारात्मक जागरका साथ मैदान उत्रने छन् ।

प्रतियोगिताको फाइनल अघि बोल्दै काठमाडौंका प्रशिक्षक बाल गोपाल महर्जनले फाइनल खेलमा आफूहरु बलियो भएर प्रस्तुत हुने बताए ।

उनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे । लिग चरण र सेमिफाइनल (प्लेअफ) मा हार भएको हारको बदला लिने अवसर भएको उनले बताए ।

दुवै टोली प्रतियोगितामा तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि लिग चरण र पहिलो प्लेअफमा भिडेका दुई टोली फाइनलमा पनि भिड्ने पक्का भएको हो । दुबै भेटमा काठमाडौं धनगढीसँग पराजित भएको थियो ।

यता, धनगढीका प्रशिक्षक तोपे फुजाले आफूहरु उपाधिका लागि मैदान उत्रने बताए । उनले अघिल्ला दुई खेलमा जित निकालेको हुनाले आफूहरुलाई थप सगज हुने भएको बताए ।

तपाईको प्रतिक्रिया