काठमाडौं :विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ ।
यद्यपि, आजको बैठक अनौपचारिक भएको बताइएको छ । बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए । उक्त विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् ।