निराकरण सम्वाददाता अछाम :नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदिय दलका नेता माननीय डा.रण बहादुर रावललाई पृति शोक परेको छ।
उनका शेर बहादुर रावलको टीकापुर नगरपालिका वडा नं १ ब्लक नं १९ स्थित आफ्नै घरमा १ सय १ बर्षको उमेर निधन भएको रावलका स्वकीय सचिव धनन्जय रिमाल फकिरले जानकारी दिए।
उनको भोलि बिहान (शनिबार )१० बजे टीकापुर नगरपालिका वडा नं २ मा रहेको कर्णाली नदिको सनकट्टी घाटमा अन्तिम संस्कार हुने समेत स्वकीय सचिव धनन्जय रिमाल फकिरले जानकारी दिए।









