निराकरण सम्वाददाता अछाम:अछाममा थप २ पत्रकारमा कोरोना संक्रमण पुष्टी भएको छ।
जिल्लाको कमलबजार प्रयोगशालामा गरिएको परिक्षणमा पत्रकार महासंघ जिल्ला शाखा अछाममा सल्लाहकार शिवराज ढुङगाना र मंगलसेन नगरपालीका ६ ठुलासैैनका टेकराज भण्डारीलाई कोरोना पुष्टी भएको हो ।
सजकता अपनाउदा अपनाउदै आफुहरुलाई कोरोना पुष्टि भएको र आफुहरु सङग सम्पर्कमा भएकाहरुले सचेत हुन पत्रकार दोय ढुङगाना र भण्डारीले आग्रह गरेका छन । अहिले दुबै जनाको अवस्था सामान्य रहेको र होम आईसोलेसनमा बसिरहेका छन ।
हाल दोस्रो लहरको कोरोनाबाट मंगलसेन नगरपालीमा ४ र पञ्चदेवल बिनायक नगरपालिकामा २ गरि ६ जना पत्रकार कोरोना संक्रमित भएका छन ।