निराकरण सम्वाददाता अछाम:अछाममा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्लाको चौरपाटी गाउँपालीका ४ का ६५ बर्षिय पुरुषको मृत्यु भएको हो।
उनमा हिजो २९ गते एन्टिजेन्ट बिधिबाट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र हिजै बेलुका मृत्यु भएको स्वास्थ्य कार्यलय अछामले जनाएको छ।
यो सङ्गै अछाममा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।