Advertisement
SKIP THIS
अछाममा बिहीबार  ४८ जनामा कोरोना संक्रमण पुष्टि: २७ साँफेबगरका मात्रै

निराकरण सम्वाददाता अछाम :अछाममा कोभिड १९ को दोस्रो लहरमा बिहीबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४४ जनामा गरिएको परिक्षणमा १९ महिला २९ पुरुष गरी ४८ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा साँफेबगर नगरपालिका वडा नं १,३,४,५र ११ का १० महिला १७ पुरुष गरि २७ जना रहेका छन् । उनिहरुको साँफेबगर नगरपालिकामा स्वाव संकलन गरिएको थियो । यस्तै कमलबजार नगरपालीका वडा नं १,२,५,७,८,र ९ का ९ महिला ९ पुरुष , पञ्देवल बिनायक नगरपालिका २ का १ पुरुष र मंगलसेन नगरपालिका ५ का १ पुरुष रहेका छन् ।

प्रयोगशालाले स्थापनाका देखि अहिले सम्मकै पछिल्लो २४ घण्टामा सर्वाधिक स्वाव परिक्षण समेत गरेको जनाएको छ। प्रयोगशालाका कर्मचारीहरु अहोरात्रा खटेर एकै दिन १ सय ४४ स्वाव परिक्षण गरेका छन् ।

जसमा ९६ स्वावको नजिता नेगेटिभ आएको सुूचना अधिकारी टेक बहादुर बिष्टले बताए । प्रयोगशालाले हालसम्म ५ हजार ६ सय २५ स्वाव परिक्षण गर्दा १ हजार २ सय १७ को नतिजा पोजेटिभ देखिएको छ।

तपाईको प्रतिक्रिया