Advertisement
SKIP THIS
कर्णालीमा ३ मंन्त्रीले शपथ  लिदै

काठमाडौं: कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शाहीले बुधबार आन्तरिक मामिला कानुन, यूवा तथा खेलकुदमन्त्रीमा विन्दमान विष्ट, जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा सीता नेपाली र आर्थिक मामिला तथा योजनामन्त्रीमा गोपाल शर्मालाई नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथ बिहीबार बिहान ११ बजेका लागि तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि आजै शपथ गराइने तयारी भएको बताइएको थियो । तर, शपथ भोलि गराइने भएको छ ।

आन्तरिक मामिलाबाट नरेश भण्डारी र सामाजिक विकासमन्त्री विमला केसीलाई राजीनामा गराएर मन्त्री थपिएको हो ।

मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाउने निर्णय भने बुधबार बसेको कर्णाली मन्त्रिपरिषद्को बैठकले गरेको हो ।

तपाईको प्रतिक्रिया