Advertisement
SKIP THIS
अछाममा बुधबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

निराकरण सम्वाददाता अछाम:अछाममा कोभिड १९ को दोस्रो लहरमा बुधबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कमलबजार नगरपालीकाले स्थापना गरेको पिसिआर प्रयोगशालामा पछिल्लो २४ घण्टामा ९२ जनामा गरिएको परिक्षणमा २४ महिला ४५ पुरुष गरी ६९ जनामा क‍ोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि हुनेमा साँफेबगर नगरपालीका वडा नं १,२,३,४,६,७र८ का १८ महिला र २९ पुरुष रहेका छन् ।

यस्तै कमलबजार नगरपालीका वडा नं १,२,८र ९का ६ महिला १३ पुरुष,ढकारी गाउँपालिका ८ का दुई पुरुष र पञ्चदेवल बिनायक नगरपालीका १ पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले बताए ।

तपाईको प्रतिक्रिया