Advertisement
SKIP THIS
वडा अध्यक्ष भण्डारीले अटो रिक्सालाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याए

कमल रावल,अछाम: मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले आफ्नो वडा क्षेत्रमा चल्दै आएको रिक्सालाई तत्कालका लागी एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छन ।

ठुलासैन, मंगलसेन, तथा वडा नम्बर ६ सम्म चल्दै आएको भवानी भण्डारीको रिक्सालाई तत्काल गर्भवती महिला र गम्भीर बिरामीलाई समस्या आईपरेमा स्वास्थ्य संस्थामा लिनका लागी सशुल्क रुपमा एम्बुलेन्स बनाउने चालकसँग सहमती भएको बताए ।

कोरोना भाईरसको संक्रमण तथा जोखिमको समयमा यातायातको समस्या परेका नागरिकलाई गाडी मालिका तथा चालक भवानी भण्डारी, वडा अध्यक्ष जनकराज भण्डारी र वडा सदस्य देबेन्द्र प्रसाद भण्डारीलाई सम्पर्क गर्न उनले आग्रह गरे ।

कोरोनाभाईरसको संक्रमण तथा जोखिम यतिबेला वडातहसम्म समेत पुगेकाले सबैलाई सुरक्षित रहन आग्रह गरे।

निशेधाज्ञा पालना गर्दै नियमीत साबुन पानीले हातधुने, मास्क प्रयोग गर्ने, भौतिक दुरि कायम गर्ने जस्ता कार्य गर्न उनले आग्रह गरे ।

कोरनोबाट बच्न एक टोलबाट अर्को टोलमा नजान समेत आग्रह गरे ।

तपाईको प्रतिक्रिया