Advertisement
SKIP THIS
फेरी बढ्यो सुनको मूल्य

काठमाण्डौ :निरन्तर उकालो लागेको सुनको मूल्य थप मंगलबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै सुन ९२ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, आज तेजाबी सुन ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

तर, यता चाँदीको मूल्यमा भने गत सोमबारको तुलनामा सामान्य गिरावट आएको महासंघले जनाएको छ ।

महासंघका अनुसार गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।

तपाईको प्रतिक्रिया