Advertisement
SKIP THIS
मनाङेको मन्त्री पद १० दिनमै सकियो

काठमाडौं:वैशाख १६ गते गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका गुरुङ (दीपक मनाङे) को मन्त्री पद १० दिनमै सकिएको छ । मन्त्री भएलगत्तै उनले यो सरकार दुई साता पनि नटिक्ने दाबी गरेका थिए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका मनाङेको मन्त्री पद खुस्किएको हो । मुख्यमन्त्री गुरुङले सामाजिक विकास मन्त्रालय टुक्रयाएर मनाङेलाई खेलकुद मन्त्री बनाएका थिए । 

सोमबार आफूविरुद्ध अविश्वास प्रस्तावमा मतदान हुने भएपछि मुख्यमन्त्री गुरुङले अघिल्लो दिन नै राजीनामा दिएका छन् । 

मनाङेले आफू दुई साता मात्रै मन्त्री रहने निश्चित रहेको र छोटो समयमा सिस्टम बसालेर छाड्ने बताएका  थिए । 

तपाईको प्रतिक्रिया