Advertisement
SKIP THIS
प्रहरीले संकलन गर्‍यो १ सय ८७ वटा अक्सिजन सिलिन्डर

पोखरा:प्रहरीले कास्कीको पोखराबाट १ सय ८७ वटा अक्सिजनका सिलिन्डर संकलन गरेको छ ।

पोखरास्थित मेटल कम्पनी, वर्कसप, इन्जिनियरिङ वर्कसप, मोटर ग्यारेज र ग्यास वेल्डिङ गर्ने ठाउँबाट प्रहरीले अक्सिजनका सिलिण्डर संकलन गरेको हो । संकलित सिलिन्डर अक्सिजन उत्पादक कम्पनीलाई हस्तान्तरण गरिएको कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।

‘पोखरा अक्सिजन र कालिगण्डकी अक्सिजन कम्पनीलाई हामीले खाली सिलिन्डर हस्तान्तरण गरेका छौं’ एसपी श्रेष्ठले भने, ‘कम्पनीमा रिफिल गरेर ती सिलिन्डर अस्पतालमा पठाउँछौं ।’

कोभिड–१९ मा अत्यावश्यक अक्सिजन पोखराका अस्पतालमा अभाव हुन नदिन पछि फिर्ता गर्नेगरी प्रहरीले संकलन गरेको हो ।

अरु कम्पनी र व्यक्तिसँग भएका अक्सिजन सिलिण्डरहरु अक्सिजन उत्पादन कम्पनीलाई उपलव्ध गराइदिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया