बिक्रम खड्का डाेटी:डाेटीमा भालुकाे आक्रमणबाट एक महिला घाइते भएकी छिन।
जिल्लाको आदर्श गाउपालीकामा भालुले अाक्रमण गर्दा वडा नम्वर ५ लामीखालकी शान्ती बि.क लाई घाइते भएकी हुन ।
विकलाई जंगलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरी घाईते बनाएको उनका श्रीमान विरेन्द्र विकले जानकारी दिए।
घाइते विककाे अनुहार र टाउकाेमा चाेट लागेकाे उनको सुजंग अस्पताल दिपायलमा उपचार भैरहेकाे उनको अवस्था सुधार उन्मुख रहेकाे अस्पतालका प्रशासन प्रमुख अर्जुन वलायरले जानकारी दिए।