Advertisement
SKIP THIS
रहेनन् बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान

काठमाडौं :बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ। बिहिबार उनको न्यूरो अस्पतालमा उनको निधन भएको हो।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए।

१९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो।

प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ।

तपाईको प्रतिक्रिया