पूर्ण बहादुर खड्का अछाम : जिल्लाको बयालपाटा अस्पतालमा कोरोना भाईरस कोभिड १९ का बिरामीको समेत उपचार भईरहेको छ । नियमित अछाम, बाजुरा, डोटी लगायतका सुपका अन्य र कर्णाली समेतका केही जिल्लाका बिरामीलाई निशुल्क स्वास्थ्य सेवा दिईरहेको अस्पतालमा हाल कोभिड १९ का बिरामीको पनि उपचार भईरहेको अस्पतालले जनाएको छ ।
सकारले कोभिड बिषेश अस्पताल नतोकेपनि उपचारका लागि आएका बिरामीलाई कोरोना संक्रमण भएपछि यँही राखेर उपचार भईरहेको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दिप पाठकले बताए ।
अन्य उपचारको लागि बिरामी अस्पताल आउछन् तर लक्षण हेर्दा कोरोनासंग मिल्दो जिल्दो हुन्छ डा. पाठकले भने ‘उनिहरुको एन्टीजेन बिधिबाट परिक्षण गर्दा संक्रमण पुष्टी हुन्छ, ति बिरामीहरुलाई अस्पतालमै आईश्वलेसन बनाएर उपचार गरिरहेका छौँ ।’
केही दिन पहिले मात्र डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं. ४ का ४७ बर्षिया बिरामीको खुट्टको सफल शल्यक्रिया भएको छ । उनि खुट्टामा घाँउ पाकेपछि उपचारको लागि बयालपाटा असपताल पुगेका थिए । उनको एन्टीजेन बिधिबाट कोरोना परिक्षण गर्दा पोजेटिभ देखायो ।
तर पनि उनको अस्पतालका मेडिल तथा शल्यचिकित्सा निर्देशक डा. मन्दीप पाठकको टोलीले सफल सल्यक्रिया सम्पन्न गर्यो । उनको खुट्टमा संक्रमण फैलिएर रगत नली बन्द भई खुट्टा मरिसकेको अवस्थामा थियो डा. पाठकले भने हामीले जोखिम मोलेर भएपनि उनको शल्यक्रिया गर्यौँ ।
छुट्ट अप्रेशन कक्ष बनाएर उनको शल्यक्रिया गरिएको र हाल उनलाई आईश्वलेसनमा राखेर उपचार भईरहेको डा. पाठकले बताए । डोटी बाट उपचारकै लागि अछाम पुगेका ति बिरामीले सफल शल्यक्रिया भएपछि आफु निको भएर घर फर्किनेमा बिश्वस्त रहेको बताए ।
हाल जिल्लामा कोरोनाको संक्रमण बढेपछि अस्पतालमा बहिरंग सेवा बन्द भएपनि फिबर क्लिनिक, आकस्मिक र अन्तरंग सेवा सुचारु छ । अस्पतालले आकस्मिक सेवा संगै अन्य कोरोना संक्रमित बिरामीको पनि उपचार गरिरहेको छ । अस्पतालमा हाल १० जना कर्मचारी संगै ४ जना कोरोना संक्रमित र ३ जना कोरोनाकै संकास्पद बिरामीको उपचार भईरहेको छ ।
सरकारले देशका सिमित मात्र अस्पताललाई कोभिड बिशेष अस्पताल भनेर घोषणा गरेको छ । ति अस्पतालहरुमा सरकारले कोभिडका बिरामीको उपचारकै लागि भनेर कर्मचारी, श्रोत साधन र उपकरण पठाएको छ ।
तर बयालपाटा अस्पताललले भने कोरोनाका लागि आफ्नै श्रोत साधन र साँफेबगर नगरपालिकाको सहयोगमा कोरोना संक्रमित बिरामीको उपचार गरिरहेको छ ।










