Advertisement
SKIP THIS
आईसियु र भेण्टिलेटर थन्कीएको बारे प्रश्न सोध्ने बित्तिकै भीम रावलले ब्यस्त छु भन्दै फोन काटे

निराकरण सम्वाददाता अछाम:पूर्व उपप्रधानमन्त्री तथा रक्षा, गृहमन्त्री समेत भईसकेका एमालेका तत्कालीन उपाध्यक्ष भिम रावलको गृह जिल्लामा आईसियु र भेण्टिलेटर नहुँदा अकालमै कोरोना संक्रमीतले ज्यान गुमाउनु परेको छ

आईसियु र भेण्टिलेटर सञ्चालनको लागि ५ महिना अगावै उपकरण पुगेपनी जनशक्तीको अभाव देखाउदै अहिले सम्म सञ्चालनमा आउन सकेको छैन।
यहि बिषय लगायत अन्य प्रश्न हामिले उँहालाई उहाँको मोवाईल नंम्बर ९८५१११३३२३ सम्पर्क गर्दा उहाँले आईसियु र भेण्टिलेटरको बिषय उठान गर्ने बित्तीकै म एउटा काम छु एकै छिन पछि गर्नुस् भन्दै फोन काटेका छन , यहि बिषयमा उहाँ पटक पटक फोन गर्दा फोन उठेन ,

माननीय भिम रावललाई सोध्नको लागि तयार पारेका अछामी जनताका प्रश्नहरु

१ नपाउदाँ अछाममा कोरोना सक्रमित हरुले ज्यान गुमाई सके र ज्यान गुमाउदै छन, भेण्टिलेटर र आईसियू ५ महिना देअि थन्कीएको छ , सञ्चालन गर्न यहाँको भुमिका के रहन्छ ।

२ अरु राजनितिका कुरा त र्दै गरौँला, यतिबेला बिश्व नै कोरोनाको महामारी ले आक्रान्त छ, जनता नै नरहे राजनिती कस्का लागि गर्नुहुँछ ।

३ तपाईले राष्टिय राजनितिमा आफ्नो पहिचान त बनाउनु तर जिल्लाका लागि खास्सै काम गरेन््न भन्ने अछामी जनताको गुनासोलाई कसरी सुन्नु भएको छ ।

तपाईको प्रतिक्रिया