Advertisement
SKIP THIS
कोरोनाबाट पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु

काठमाडौं :पछिल्लो २४ घण्टामा नेपालमा ५५ जनाकाे मृत्यु भएकाे छ ।

यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो ।

योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेकाे छ ।

यस्तै पछिल्लो २४  घण्टामा ७ हजार ६६० जना कोभिड-१९ संक्रमित थपिएका छन् ।

याेसँगै संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया