Advertisement
SKIP THIS
कोरोनाबाट नेपाली सेनाका नायकको मृत्यु

दार्चुला : कोरोना संक्रमणका कारण स्वास्थ्य समस्या देखिएर दार्चुलाबाट आइतबार काठमाण्डौं लगिएका नेपाली सेनाका नायकको उपचारको क्रममा मृत्यु भएको छ।

शरीरमा अक्सिजनको मात्रा कम भएपछि नायकलाई उपचारकोलागि दार्चुलाबाट काठमाण्डौँ लगिएको थियो।

नेपाली सेनामा कार्यरत दार्चुलाको व्याँस गाउँपालिका घर भएका ४५ वर्षीय ती नायकको सोमबार मुत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाका काभिड सम्पर्क व्यक्ति बिरेन्द्रराज भट्टले बताए।

कोरोनाको दोस्रो लहर फैलिएपछि दार्चुला घर भएका दुई जना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया