बाजुरा: बाजुरा जिल्लामा १४ बर्षिया किशोरी माथि पेट्रोल छर्केर आगो लगाईएको छ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला त्रिवेणी नगरपालिका वडा नम्वर ८ पन्ताली बस्ने १४ बर्षिया सव्भ्यता बुढाको शरिरमा सोमवार राति पेट्रोल छर्केर आगो लगाएको स्थानिय संजय बुढाले बताए । आगो लागेको केहि समयपछि स्थानियद्धारा नियन्त्रणमा लिइको जनाएकाे छ ।
आगोले शरिरमा रहेका सम्पुण कपडा जलेको र उनको अवस्था सामान्य रहेको बताएको छ । आगो लगाउनेमा त्रिवेणी नगरपालिका वडा नम्वर ८ का सुमन गिरी लगाएत चार जनाको समुह रहेको स्थानियले बताएका छन ।
सो समुह फरार रहेको प्रहरीले बताएको छ ।