लाल बहादुर चदारा :मेल्लेख गाउँपालिकाले काेभिट १९ को दोस्रो लहर राेकथाम तथा नियन्त्रणका लागि दक्ष जनशक्ति परिचालन गर्ने भएकाे छ।
सोमबार समाजिक दुरी कायम गर्दै मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहराले सराेकारवाला संग छलफल गर्दै मेल्लेख बासिहरुलाई आइपरेकाे समस्या समाधानकाे लागि दक्ष जनशक्ति संग आफु पनि खटि रहने बताएका छन ।
मेल्लेख बासिहरुकाे ज्यु धनकाे सुरक्षाकाे लागि मेल्लेख गाउँपालकि बाट गर्नुपर्ने आबश्यक तयारी भईसकेकाे अध्यक्ष बोहराले बताए ।गाउँपालीकाले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि थप स्राेत साधानकाे लागि पहल भईरहेको कुनै तत्काल समस्या अाइपर्दा गाउँपालिकाले काेभिट अस्पताल आईसुलेसन बेडमा अक्सिजनकाे तयारी गर्दै १५ बेडको आईसुलेशन भवनमा एम बिबिएस डाक्टर र ल्याब सहित तयारी अबस्थामा रहेकाे अध्यक्ष बोहराले बताए ।
सामाजिक दुरि कायम गर्दै सराेकारवाला सङ्गको छलफलमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि वडा न २ का वडा अध्यक्ष दान बहादुर बुढा निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका ,लगायत दक्ष स्वास्थ्य कर्मिकाे सहभागिता रहेकाे थियाे ।