Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

निराकरण सम्वाददाता अछाम : बान्नीगढी जयगढ गाउँपालिकाले कोभिड १९ को दोस्रो लहरका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको सङ्क्रमणको दोस्रो लहर अछाम जिल्लामा समेत देखिएकाले सङ्क्रमण थप फैलिन नदिन जिल्ला प्रशासन कार्यालय अछामको निर्णय अनुसार बान्नीगढी गाउँपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको हो ।

कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सोमबारबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय अछामको निर्देशन लाई पालना गर्दै पालिका बाट प्रवाह हिने अत्यावश्यक बाहेकका सेवाहरु जेठ २ गते राती १२ बजे सम्मका लागि बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले जानकारी दिए।

भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै गाउँपालिकामा पनि संक्रमण बढ्न सक्ने भन्दै सर्तहरु लागु गरेर सुरक्षीत रुपमा बस्न समेत निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले अनुरोध गरे ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन अनिवार्य मास्क लगाउन, स्वास्थ्यमा कुनै समस्या देखिएमा पालिकाको स्वास्थ शाखा र नजिकको स्वास्थ सस्थामा सम्पर्क राख्न, बालवालिका, वृद्ध वृद्धाहरु लाई घरबाट बाहिर ननिस्कन आग्रह गर्नुका साथै सावुन पानीले हातधुन, सेनिटाइजरको प्रयोग गर्न र दुई मिटरको भौतिक दुरि कायम गर्न, अत्यावश्यक बाहेक अरु समयमा घरबाहिर र भिडभाडमा नजान, सबैलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशिले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया