Advertisement
SKIP THIS
साढे ८ रुपियाँमा मास्क बेच्नेलाई ५० हजार जरिवाना

काठमाडौं:वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता संरक्षण  विभागले त्रिपुरेश्वरस्थित  अल  फाइन  सर्जिकल सप्लायर्सले  खरिद  गरेभन्दा दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

विभागको  आकस्मिक  अनुगमन  टोलीले  आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा  साढे  चार  रुपियाँमा खरिद  मूल्य  परेको सर्जिकल  मास्कको  साढे  आठ  रुपियाँमा बेचेको पाइएपछि जरिवाना गरेको हो ।
विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना  गरिएको जानकारी दिए ।

उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

तपाईको प्रतिक्रिया