काठमाण्डौ:देशभर मौसम बद्ली भएको छ। आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज विशेषगरी प्रदेश–१ सहित पहाडी केही ठाउँ र प्रदेश–२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाका मौसमविद्ले बताएका छन्।
काठमाण्डौ उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुकापख पानी पर्ने सम्भावना रहेको बताइएको छ। अहिले पश्चिमी न्यूनचापीय प्रणालीसहित दक्षिणी क्षेत्र नजिक विकसित भएको न्यूनचापीय क्षेत्र र बङ्गालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ।









