Advertisement
SKIP THIS
सोमबार साझँ देखि आन्तरिक उडान रोकिने

काठमाडौं :सरकारले भोलिदेखि आन्तरिक उडान रोक्ने निर्णय गरेको छ । 
यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राख्दै आन्तरिकसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान रोक्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

“अरु देशमा पूर्ववत् अवस्थामा उडान हुनेछन् । ती उडानमा जनस्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ,” उनले भनिन् ।

तपाईको प्रतिक्रिया