Advertisement
SKIP THIS
प्रधानमन्त्रीलाई विश्वासको मत लिन राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन आह्वान

काठमाडौं:प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । उनले वैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । 

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम आफूमाथि विश्वास छ भन्ने कुराको स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेको उल्लेख छ । 

आइतबारै बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने भन्दै राष्ट्रपतिकहाँ अधिवेशन आह्वानका लागि सिफारिस गरेका थिए । 
२७ गतेका लागि बोलाइएको बैठक बजेट अधिवेशन नभएर विश्वासको मत लिने प्रयोजनका लागि मात्रै बोलाइएको हो । बजेट अधिवेशन पुनः बोलाइने एक मन्त्रीले बताए । 

तपाईको प्रतिक्रिया