Advertisement
SKIP THIS
कोरोनाको खोप लगाइदिने भन्दै सामूहिक बलात्कार

काठमाडौं: एक युवतीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भन्दै सामूहिक बलात्कार गरिएको छ। 

भारतको पटनामा रकी र मन्टु नामक गरेका व्यक्तिले युवतीमाथि खोपको झुठो आश्वासन देखाएर बलात्कार गरेको प्रहरीले जनाएको छ। 

उनीहरुले एक स्वास्थ केन्द्रमा युवतीलाई कोरोना खोप लगाइदिने आश्वासन देखाएका र पछि जमुनापुर क्षेत्रस्थित सुनसान घरमा लगी दुर्व्यवहार गरेको प्रहरीले बताएको छ। 

प्रहरीले आइतबार बिहान घरमा छापा हानेर ती दुवै जनालाई पक्राउ गरिसकेको छ। युवतीका अनुसार प्रतिरोध गर्न खोज्दा उनीहरुले हातखुट्टा बाँधेर मुखमा रुमाल कोचेर बलात्कार गरेका थिए। 

तपाईको प्रतिक्रिया