निराकरण सम्वाददाता अछाम: अछामका थप १ कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ६ दर्नाका ५० बर्षिय पुरुष कोभिड अस्पताल समेत रहेको जिल्ला अस्पताल मंगलसैनमा मृत्यु भएको स्वास्थ्य कार्यलय अछामका सूचना अधिकारी देव जोशिले जानकारी दिए।
गय राती मात्रै जिल्लाको मेल्लेख गाउँपालीकाका ६० बर्षिय पुरुषको उपचारको क्रममा जिल्ला अस्पताल मंगलसेनमा मृत्यु भएको थियोे ।
जिल्ला अस्पताल अछाममा भेन्टिलेर र आईसीयु नहुदा भेन्टिलेर र आईसीयुमा राखेर उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीको अकालमै मृत्यु हुने गरेको छ।