Advertisement
SKIP THIS
कमिसनको खेलमा लागेको सुदूरपश्चिम सरकार कोरोना नियन्त्रणमा असफल: नेपाली कांग्रेस

निराकरण सम्वाददाता अछाम: कोरोना महामारीले गम्भीर रुप लिदा समेत सुदूरपश्चिम सरकार नियन्त्रणमा उदासीन भएको भन्दै नेपाली कांग्रेस सुदूरपश्चिमले आपत्ति जनाएको छ।

सुदूरपश्चिमका अस्पतालमा कोभिडका बिरामीले बेड नपाउने अवस्था , अस्पतालमा अक्सिजनको अभाव हुदा प्रदेश सरकार कुनै ब्यवस्था गर्ने नसकेको बरू सरकार मुख्य मन्त्री देखि मन्त्रिहरु कमिसनको खेलमा लागेका नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा.रण बहादुर रावलद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा भनिएको छ।

कोरोना महामारी फैलिएको १ बर्ष हुदा समेत कोरोना अस्पतालको बृदि गर्न नसकेको ,अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी दरबन्दी कायम गर्न नसकेको र अस्पतालमा बेडको समेत ब्यावस्था गर्न नसकेको बिज्ञप्तिमा भनिएको छ।

सिमा क्षेत्रमा पुगेका नागरिकको कोरोना परिक्षण , कोरोना देखिएकालाई उपचार र अन्यलाई गन्तव्य पुर्याउन अनुरोध गरेको छ। फ्रटलाईनमा खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मि पत्रकार र अतिआवश्यक कार्यमा खटिने हरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन प्रदेश सरकार संग माग गरिएको छ। यस्तै गेटा मेडिकल कलेज र आयुबेर्द अस्पताललाई क‍ोरोना अस्पतालमा बनाउन र परिक्षणको दायर तिब्र गर्न समेत माग गरिएको छ।

तपाईको प्रतिक्रिया