काठमाडौं :नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुस्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७०६ जना र ५६६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ५७ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुस्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ भने संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ।
जसमध्ये ४३ हजार २१३ जना सक्रिय संक्रमित छन्। थप १ हजार २८७ जना निको भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ।