नेपाली सेनाले १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकप्टर र दुई जनाको शव भेटाएको छ।
२००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर र दुई वटा शव धौलागिरी हिमालमा भेटिएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए। .
धौलागिरी हिमाल सफाईमा निस्केको सेनाको टोलीले हेलिकप्टर र दुई वटा शव भेटाएको बताइएको छ।
मृतकहरुको पहिचान नखुलेकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।