Advertisement
SKIP THIS
“टीकापुर र सेती अस्पतालद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द”

टीकापुर । कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेका छन् ।कोरोनाको संक्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठरोग सेवाबाहेकका सम्पूर्ण बहिरंग सेवा बन्द गरिएको जनाएका छन् ।

अस्पतालबाट प्रदान गरिँदै आएका बहिरंग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । “कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ,” टीकापुर अस्पतालका डा. रमेशप्रसाद उपाध्यायले भने, “कोरोना संक्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भिड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।”

उनले अस्पतालमा दैनिक १५ जना बढी कोरोनाको लक्षणका बिरामी आउन थालेकाले अस्पतालमा थप जोखिम बढेको बताए । “हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिन सक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ । सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ,” उनले भने, “यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो । श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुस्किल छ ।” टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ ।

कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले समेत आकस्मिकबाहेक बहिरंग र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ ।
बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरंग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । साथै, अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सकको परामर्श लिन सक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ । रासस

तपाईको प्रतिक्रिया