Advertisement
SKIP THIS
आइपिएलमा सनराइजर्स हैदरावादको सात खेलमा पाँचौं  हार

नयाँ दिल्ली:इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदरावादको खराब प्रदर्शन जारी छ । बुधबार हैदरावादलाई चेन्नई सुपर किङ्ग्सले ७ विकेटले पराजित गरेको हो । वार्नरले टस जितेर ब्याटिङ रोजेका थिए । पहिला ब्याटिङ गर्दै हैदरावादले तीन विकेटको क्षतिमा १७१ रन बनायो ।

तर जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८ ओभर तीन बलमा तीन विकेटको क्षतिमा जित हासिल गरेको हो । चेन्नईको जितमा ऋतुराज गायकवाडले ७५ र फाफ डुप्लेसिसले ५६ रन बनाए ।

जारी सिजनमा हैदरावादको यो पाँचौं पराजय हो । ६ वटा खेल खेलिसकेको उसले जम्मा एक जितमात्र हासिल गरेको छ । प्रतियोगितामा सामेल ८ टिममध्ये हैदरावाद पुछारमा छ । चेन्नईले भने ६ वटा खेल खेलिसक्दा पाँचौं जित हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो ।

तपाईको प्रतिक्रिया