टेकराज भण्डारी अछाम : अछामको मंगलसेन नगरपालिका वडा नम्बर २ मिस्तुरुका झंकरी विकको कोरोना भाईरसको संक्रमणबाट ज्यान गएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा एक हप्तादेखि उपचाररत झंकरीको ज्यान गएको हो । अछाम घर भइ हाल गौरीगंगा नगरपालिका वडा नम्बर ५ अण्डैयामा बसोबास गर्नुहुने झंकरी २० दिन अघि भारतको पुनाबाट घर फर्केका थिए ।
सोमबार मात्रै अछामको मंगलसेन नगरपालिका वडा नम्बर ३ बिउरापानी घर भइ हाल भारतको पुनामा रहेका ४५ बर्षका काले टमट्टाको पनि ज्यान गएको छ । कोराना भाईरसबाट संक्रमित भई उपचार गराईरहेका उहाँको ज्यान गएको हो ।
यस्तै यही बैशाख १२ गते जिल्लाको साँफेबगर २ जाल्पादेविका ६१ बर्षका मथुरादेवि विक तथा १० गते साँफेबगर ४ खालसैनका ६८ बर्षका रुद्रसिंह टमट्टाको भारतको मुम्बईमा कोरोनाका कारण ज्यान गएका जानकारी दिए।









