काठमाण्डौ – देशभर अधिकतम र न्यूनतम तापक्रम बढ्न थालेको छ।
गर्मी बढ्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित असरबाट बच्न मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज काठमाण्डौको न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहने भएको छ। हिजो न्यूनतम १४ र अधिकतम ३१ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
यस्तै आज पहाडका थोरै ठाउँमा दिउँसोपछि मेघगर्जन, हावाहुरी र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। अहिले प्रदेश–१, प्रदेश–२ लगायत पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ।
बाँकी भूभागमा भने मौसम सफा रहेको मौसमविद्ले बताएका छन्। अहिले देशको पूर्वी क्षेत्रमा न्यूनचापीय रेखाको प्रभाव रहेको छ।