Advertisement
SKIP THIS
राजनीतिक दलहरूलाई निर्वाचन आयोगको नौ बुँदे ध्यानाकर्षण

काठमाडौँ:निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समयमा नै महाधिवेशन गरेर सोको विवरण उपलब्ध गराउनसहित विभिन्न नौ बुँदे ध्यानाकर्षण गराएको छ । आयोगको आज बसेको बैठकले सबै राजनीतिक दललाई ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

“नेपालको संविधानको धारा २६९ को उपधारा ९४० को देहाय ९ख० मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एकपटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने, सोही खण्डको प्रतिवन्धात्मक वाक्यांशमा विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भन्ने संवैधानिक व्यवस्था र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १६ मा सो संवैधानिक व्यवस्था कार्यान्वयन गर्नुपर्ने प्रावधान रहेकोले सो बमोजिम गरी विवरण उपलब्ध गराउनू,” आयोगले दलहरुलाई भनेको छ ।

आयोगले समयमा नै लेखापरीक्षण प्रतिवेदन बुझाउनेदेखि साङ्गठनिक संरचना समानुपातिक समावेशी प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया