धनगढी: डडेलधुरामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको अजयमेरु गाउँपालिका -१ इरानी खोलामा सल्ला बोक्दै गरेको से.२ च १४७२ नम्बरको ट्रयाक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।
ट्रयाक्टर चालक कैलालीको गौरीगङ्गा नगरपालिका –१ का अन्दाजी २७ वर्षीय प्रेम खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
त्यस्तै ट्रयाक्टरमा सवार १६ वर्षीय पवन सिजापती घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। ट्रयाक्टर ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ।