Advertisement
SKIP THIS
कोरोना महामारीका कारण भारतको अर्थतन्त्र २० वर्ष पहिलेकै स्थितिमा पुग्नसक्ने

एजन्सी:कोरोना महामारीका कारण भारतको अर्थतन्त्र २० वर्ष पहिलेकै स्थितिमा पुग्नसक्ने चिनियाँ विश्लेषकहरूले अनुमान गरेका छन्। महामारीले भारतीय अर्थतन्त्रमा कडा झट्का लाग्ने निश्चित देखिएको र २० वर्ष पहिलेकै स्थितिमा पुग्ने सम्भावना रहेको बेइजिङका विश्लेषकहरूले बताएका हुन्।

भारतमा कोरोना महामारीको प्रभावबारे सुक्ष्म अध्ययन गरिरहेका हु झियोङले यस्तो स्थिति निम्तिए दक्षिण एसियाकै आर्थिक स्थायित्वमा असर पर्ने बताएका ग्लोबल टाइम्समा खबर छ। महामारीबाट संकटपूर्ण स्थिति भोगिरहेको भारतलाई मेडिकल सहायता दिन चीन इच्छुक देखिएको छ।

विश्लेषकहरूले भारतमा अबको दुई साताभित्र संक्रमित संख्या ५ लाख पुग्ने आंकलन गरेका छन्। चीनबाट सिक्न, परीक्षण क्षमता बढाउन र अस्थायी अस्पतालहरू बनाउन पनि नयाँ दिल्लीलाई बेइजिङले सुझाएको छ।

कोरोनाको विनाशकारी दोस्रो लहरबाट यतिखेर भारतले अहिलेसम्मकै खराब मानवीय संकट भोगिरहेको छ। अस्पतालहरूमा यतिखेर मेडिकल अक्सिजन, शय्या र अत्यावश्यकीय औषधि चरम अभाव भएको छ। उपचाररत बिरामीहरूलाई पनि अक्सिजन भेटिए अन्य अस्पतालमा जान चिकित्सकहरूले सुझाएका छन्। कतिपय अस्पतालहरूले अक्सिजन अभावका कारण बिरामीलाई भर्ना लिनै छाडेका छन्। राजधानी नयाँदिल्लीमा दिनहुँ फेला परिरहेका संक्रमित संख्याले विश्व भरकै रेकर्ड तोडिरहेको छ।

अक्सिजन अभाव भएपछि भारतले यसको आपूर्ति सहज बनाउन खाडी मुलुकहरू र सिंगापुरबाट आयात गर्न खोजिरहेको, तर, सहयोग गर्न तत्पर रहेको छिमेकी मुलुक चीनसँग भने कुनै कुरा नगरको बताइएको छ। भारतले मानवीय संकटको अवस्थामा वैचारिक भिन्नताका आधारमा कदम चाल्न नहुने चिनियाँ अधिकारी हुले बताएका छन्।

कोरोना महामारीसँग जुध्न भारतले निकट रहेको अमेरिका र पश्चिमा मुलुकसँग सहयोग चाहेको छ। तर, ती देशले कूटनीतिक आदानप्रदान र हवाइ उडान नै रोकिदिएका छन्।अमेरिकाले अहिलेसम्म भ्याक्सिन बनाउन आवश्यक कच्चापदार्थ निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छैन। भारतलाई यतिखेर यी कच्चापदार्थ अत्यावश्यक भएको छ।

तपाईको प्रतिक्रिया