Advertisement
SKIP THIS
‘मेरो पनि होइन र यो देश ’युट्युबको ट्रेन्डिङ नंम्बर १ मा (भिडीयो सहित)

काठमाडौं:गायक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ’ युट्युब १ नंम्बर ट्रेन्डिङमा आइपुगेको छ । रिलिज भएको २ दिनमै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आइपुगेको हो ।

गीतमा शब्द संगीत तथा स्वर प्रकाश सपुतको छ । समूहगत गायनमा उनलाई देवेन्द्र बब्लु, सुनिल विकलगायतले साथ दिएका छन् ।

सपुतले गीतमा राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई उठान गरेका छन् । आफ्नै देशमा गैरनागरिक झैं भएर बस्न वाद्य नागरिकको कथा उनले गीतमार्फत भन्ने प्रयाश गरेका छन् ।

हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्य समावेश भएको भिडियो निर्देशन प्रकाश स्वयंले गरेका छन् । कलाकारका रुपमा उनीसँगै भोला सापकोटालगायत छन् ।

यस्तै भिडियोमा अमर न्यौपाने, सरिता लामिछाने, राजु परियार र ऋषि धमलालाई पनि देख्न सकिन्छ ।

भिडीयो सहित

तपाईको प्रतिक्रिया