Advertisement
SKIP THIS
कोरोनाका कारण एक जनाको मृत्यु भएपछि महेन्द्र माध्यमिक बिधालय १ साताका लागि बन्द

निराकरण सम्वाददाता अछाम: महेन्द्र माध्यमिक बिधालय बयालपाटा एक साताका लागि बन्द गरिएको छ।

१७ दिन अघि भारतको गुजरातबाट आएका साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६५ बर्षिय पुरुषको १५ दिन पछि बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएपछि बिधालय १ हप्ता लागि बन्द गरिएको बिधालयका लेखापाल ज्ञानेन्द्र सुनारले निराकरण खबरलाई बताए ।

कोरोनाका कारण ती पुरुषको मृत्यु भएपछि त्यस ठाउँबाट समेत बिधार्थि आउने भएका, कहि कतै त्यहाबाट समुदाय स्तरमा कोरोना फैलिएको भए स्थिति झन भयावह हुन सक्ने भन्दै आज (आईतवार )देखि लागू हुने गरि १ साताका लागि बिधालय बन्द गरिएको हो।

तपाईको प्रतिक्रिया