Advertisement
SKIP THIS
हिमताल फुट्यो, सतर्क हुन आग्रह

काठमाडौँ : भारत-चीन सीमा जोड्‍ने सडकमा पर्ने चमोली भन्‍ने ठाउँमा हिमताल फुटेको भारतीय सञ्‍चार माध्‍यमहरूले जनाएका छन्।

भारत–चीन सीमा क्षेत्र नजिक चमोलीको जोशीमठ भन्ने स्थानमा शुक्रबार हिमताल फुटेको सूचना आएको उत्तराखण्ड सरकारले जनाएको छ।

उत्तराखण्ड प्रहरीले लगातार सम्‍पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ। उद्दारका लागि प्रहरीले एक टोलीसमेत त्‍यसतर्फ पठाएको छ।

प्रहरी अधिकारीहरुले शनिबार साँझसम्ममा पूरा विवरण आउनसक्ने बताएका छन्।

तपाईको प्रतिक्रिया