Advertisement
SKIP THIS
कञ्चनपुरमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

धनगढीः कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर २ का ४० वर्षीय जोगलाल डगौरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले बताए।

उनका अनुसार सोही ठाउँका २२ वर्षीय लक्ष्मण चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ९ बजेको समयमा महेन्द्रनगरबाट दैजितर्फ आइरहेको म २ प ५१७४ नम्बरको मोटरसाईकल दैजि देखि १ किलोमिटर पश्चिमतर्फ आफैँ अनियन्त्रित भई दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया