काठमाडौँ:इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले सहज जित निकालेको छ । शक्रबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले हराएको हो ।
एम चिदामबर्मा क्रिकेट स्टेडियममा मुम्बईले दिएको १३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्याे । पन्जाबका लागि केएल राहुलले ६० रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै क्रिस खेलले ४३ रन बनाउँदा मयंक अग्रवालले २५ रनको योगदान गरे । बलिङतर्फ मुम्बईका लागि राहुल चहारले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएकाे थियाे । मुम्बईका लागि रोहित शर्माले ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यस्ते सुर्य कुमार यादवले २७ बल खेल्दै ३३ रन बनाए । यस्तै इरन पोलार्डले १२ बलमा १६ रन बनाए । मुम्बईका पाँच खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
बलिङतर्फ पन्जाबका लागि रवी विश्नोइ र मोहम्मद श्वामीले दुई दुई विकेट लिए । त्यस्तै दीपक हुड्डा र अर्शदिप सिंहले समान एक एक विकेट लिएका छन् ।
आजको खेलमा जित निकाल्दै पन्जाबले ५ खेलबाट ४ अंक जोडेको छ । यता पराजित मुम्बईले पनि ५ खेलबाट ४ अंक जोडेको छ ।