Advertisement
SKIP THIS
नेपालमा शुक्रबार २ हजार ५५९ जना कोरोना संक्रमित थपिए

काठमाडौं: नेपालमा शुक्रबार २ हजार ५५९ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ८ हजार ७९८ जनाको पीसीआर र ८६६ जनाको एन्टिजेन परीक्षण गर्दा २५५९ जनामा संक्रमण देखिएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्यांकअनुसार नेपाल हालसम्म कोरोना संक्रमण पुस्टि हुनेको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ। जसमध्ये २ लाख ७६ हजार ७५५ जना संक्रमणमुक्त भइसकेका छन्।

पछिल्लो २४ घण्टामा जम्मा ४१० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको तथ्यांकअनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको छ। कोरोनाबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ३ हजार १२२ छ।

तपाईको प्रतिक्रिया