काठमाडौं : शुक्रबार सुदूरपश्चिमसहित कर्णाली र गण्डकीका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो पश्चात सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभाग चट्याङसहित वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको प्रभाव छ। शुक्रबार राति पहाडी भूभागमा आंशिक बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।
शनिबार बागमती, सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।