Advertisement
SKIP THIS
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ५०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं:भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका थिए।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ५७ हजार नाघेको छ।

विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड २६ लाख  ६६ हजारभन्दा संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ६४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने ८६० जनाको मृत्यु भएको छ। 

तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ४१ लाख ७२ हजारभन्दा बढी संक्रमित रहेका छन्। त्यहाँ पछिल्लो २४ घण्टामा ४९ हजारभन्दा बढी संक्रमित थपिँदा २  हजारभन्दा बढीको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा २२ सय ५६ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या एक लाख ८६ हजार ९२८ पुगेको छ।

संक्रमितमध्ये एक करोड ३६ लाख ४१ हजार ६०६ जना निको भइसकेका छन् भने २४ लाख २८ हजार ७७५ सक्रिय संक्रमित रहेका छन्।

तपाईको प्रतिक्रिया