Advertisement
SKIP THIS
चट्याङ्ग लागेर एक जनाको मृत्यु

खोटाङ:चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ। 

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ। 

छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा चट्याङ्ग पर्दा राईको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ लगिएको प्रहरीले जनाएको छ । 

तपाईको प्रतिक्रिया