Advertisement
SKIP THIS
आईपीएलमा बैंगलोरको सहजै जित:विराट बने आईपीएलमा ६ हजार रन पूरा गर्ने पहिलो खेलाडी

काठमाडौँ :विराट कोहलीको कीर्तिमान र देबदत्त पाडिकलको शतकको सहयोगमा रोयल्स च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा उत्कृष्ट जित निकालेको छ । 

बिहीबार भएको खेलमा बैंग्लोरले राजस्थान रोयल्समाथि १० विकेटको जित निकालेको हो । वान्खाडे क्रिकेट स्टेडियममा राजस्थान रोयल्सले दिएको १७८ रनको लक्ष्य बैंग्लोरले १६ ओभर ३ बलमा विना विकेटको क्षतिमा १८१ रन बनायो । 

बैंगलोरका लागि देबदत्त पाडिकलले शतकीय पारी खेले । ५२ बल खेलेका उनले ११ चौका र ६ छक्काको सहयोगमा १०१ रन बनाए । पाडिकलको आईपीएल इतिहासमा पहिलो शतक हो । त्यस्तै ७४ बल खेलेका विराट कोहलीले ६ चौका र ३ छक्काको हसयोगमा ७२ रन बनाए । 

योसँगै विराट आईपीएल इतिहासमा ६ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले आजको खेलमा ६ हजार रन पूरा गरे । उनले १८८ पारीमा ६ हजार रन बनाएका हुन् ।न 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनायो । राजस्थानका लागि शिभम डुवेले सर्वाधिक ४६ रनको योगदान गरे । ३२ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । 

त्यस्तै राहुल तेवातीयाले ४० रन बनाए । राजस्थानका लागि रियान प्रागले २५ रन बनाउँदा क्रिस मोरिसले १० रनको योगदान गरे । 

मोहम्मद सिराज र हर्सल पटेलले समान ३–३ विकेट लिए । त्यस्ते केले जेमिसशन, केन रिचर्डसन र वासिन्टन सुन्दरले समान १–१ विकेट लिए । 

आजको खेमला जित किनाल्दै बैंगलोरले ४ खेलबाट ८ अंक जोडेको छ । बैंगलोर अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित राजस्थान भने तालिकाको पुछारमा झरेको छ । राजस्थानको ४ खेलबाट २ अंक जोडेको छ ।

तपाईको प्रतिक्रिया