Advertisement
SKIP THIS
नयाँ संरचनामा जादै नेपाली सेना: खारिज हुदै पृतना

काठमाडौं:नेपाली सेनाको जङ्गीअड्डाले ८ वटा पृतनाको संरचनालाई खारेज गर्ने भएको छ । सैनिक संगठनलाई समयसापेक्ष पुनर्संरचना गर्दै जाने नीति अनुरूप पृतना खारेज गरेर कमाण्ड अवधारणामा लैजाने तयारी गरेको जङ्गीअड्डाको भनाइ छ ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार आगामी साउन महीनादेखि ‘थ्री प्लस वान’को अवधारणा अनुसार सेना कमाण्ड संरचनामा जानेछ । सेनाले नदीका आधारमा पूर्वी, मध्य, पश्चिमसहित उपत्यका गरी चारवटा संरचना राख्न लागेको पौडेलले बताए ।

हाल ७ वटा प्रदेशमा एक-एक र उपत्यकामा थप एउटा गरी ८ वटा पृतना छन् । सेनाले प्रदेश १, २ र ३ का केही जिल्लासमेत समेटेर कोशी तटीय क्षेत्रलाई पूर्वी र गण्डकीलाई आधार बनाएर मध्य कमाण्ड राख्ने तयारी गरेको छ । कर्णाली नदीको आसपासमा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाहरु समेटेर पश्चिम कमाण्ड राख्ने तयारी गरेको छ ।

राजधानी भएकाले विशेष रणनीतिक महत्व हुने हुँदा उपत्यकालाई पनि छुट्टै कमाण्डमा राखिएको सैनिक प्रवक्ता पौडेल बताउँछन् । ‘सरकारलाई थप आर्थिक भार नपर्ने गरी अहिले भएकै जनशक्ति, संरचना र स्रोत, साधन समायोजन गरेर यो अवधारणामा जान लागिएको हो ।

तपाईको प्रतिक्रिया