धनगढी: पदमुक्त भएपछि सुदूरपश्चिमका पूर्व प्रदेश सभा सदस्य झपट बहादुर बोहराले राजनीतिमा झनै क्रियाशील भएर लाग्ने बताएका छन्।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उनले अब राजनीतिमा झनै क्रियाशील भएर लाग्ने बताएका हुन्।
मुलुकको राजनीतिक अवस्थाले गर्दा जनप्रतिनिधिको भुमिकाबाट टाढिन पुगेको भएपनि जनताको हकहितका लागि आफू सदैव लागिपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।
समाजवाद उन्मुख अर्थतन्त्र र सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न सदैव लागिपर्ने उनले बताए।